पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने धारणा सार्वजनिक गर्नुभएको छ । २९७औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सन्देश दिँदै उहाँले नेपाली–नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुऱ्याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै…