सर्वाेच्च अदालतबाट जमानतमा थुनामुक्त भएका दीपक मनाङ्गे नामले चिनिने राजीव गुरुङले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा दिएको निवेदनलाई गण्डकी प्रदेश संसद कार्यव्यवस्था परामर्श समितिले खारेज गरिदिएको छ । मनाङ ‘ख’बाट गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित मनाङ्गेको निवेदनमाथि निर्णय लिन बसेको समितिको बैठकले उनलाई सपथ खुवाउन नमिल्ने निर्णय गरेको हो । गत विहिबार मनाङ्गेले आफूलाई…