राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको राष्ट्रियतामा कालो बादल मडारिएको बताउँदै संविधान संशोधन प्रस्तावको पछाडि अनेक रहस्य रहेको जिकीर गरेका छन् । मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको केसीले बताए । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सङ्घीयताविरोधि पहिचान बनाएका नेता केसीले जनसंख्याको…