पूर्वबडामहारानीको जन्मोत्सव मनाउन समिति गठन

पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव भव्यताका साथ मनाउनका लागि शुभजन्मोत्सव समिति गठन भएको छ । वरिष्ठ समाजसेवी भेषराज्यलक्ष्मी सिंहको अध्यक्षतामा गठित उक्त समितिमा दुई हजार एक सय ६४ सदस्य रहेका छन् । प्राप्त जानकारीअनुसार, जन्मोत्सव आयोजक समितिका उपाध्यक्षमा कमला शर्मा, रिना तुलाचन, मञ्जुरत्न शाक्य, विष्णु भट्टराई, प्रमिला सिंह, राजाराम श्रेष्ठ, शम्भु विश्वकर्मा, सलिम खानलगायत छन्…