टुटफुटमा उच्च कीर्तिमान राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः विभाजनको स्थितिमा पुगेको छ । चार महिनाअघि २०७३ को फागुनमा एकता महाधिवेशन गरेको राप्रपाले त्यसअघि मङ्सिर ६ गते एक समारोहको आयोजना गरी पार्टी एकीकरण भएको घोषणा गरेको थियो । एकता महाधिवेशनको केही सातापछि नै डा. प्रकाशचन्द्र लोहनीलगायतका केही नेताले राप्रपाबाट अलग्गिएर नयाँ दल खोलेका थिए ।…