नेपाली कांग्रेसका संस्थापक प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३५औँ स्मृति दिवस कांग्रेस पार्टी, उसका भातृ संगठनहरु एवम् विभिन्न संस्थाहरुले विविध कार्यक्रम गरी आज मनाउँदै छन् । आफ्नो समयमा ‘सोसलिस्ट इन्टरनेशनल’ उपाध्यक्षको जिम्मेवारी लिई सक्रियता दर्शाउनुका साथै प्रजातान्त्रिक समाजवादका ब्याख्याताका रुपमा सुपरिचित कोइराला प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै ६ साउन २०३९ मा क्यान्सर रोगबाट दुःखद निधन भएको…