वाईसीएलको विजोग -रामहरि पाण्डे

अधिकांश नक्कली लडाकु राष्ट्रिय सेनाका जागिरे हुने या लाखौँ रुपैयाँ लिएर घर र्फकने तयारीमा छन् । तर, दशवर्षो युद्धकालका वास्तविक लडाकु भने अलपत्र पर्ने स्थिति पैदा भएको छ । माओवादी नेतृत्वले ०६३ मङ्सिरमा विस्तृत शान्ति-सम्झौतापछि नब्बे प्रतिशतभन्दा बढी सच्चा लडाकुलाई 'योङ कम्युनिस्ट लिग' (वाईसीएल)को आवरणमा हतियारसहित बाहिर राखी, गाउँघरबाट बटुलेर ल्याएका काँचा मानिसलाई क्यान्टोनमेन्टमा भेला…