को हुन् जापानमा ओलम्पिक मशाल उचाल्ने कान्छा लामा ?

विशेष प्रतिनिधि (जापान) नेपाली युवा कान्छा लामाले २०२० टोकियो ओलम्पिकको मशाल दौडमा सहभागी हुने अवसर पाएका छन् । जापानको सागा प्रान्तस्थित काराकाचु शहरमा व्यावसायिक कृषि पेशा गर्दै आएका लामा मे ९ तारिखका दिन शहरमा आयोजित मशाल दौडमा सहभागी भएका हुन् । उक्त अवसरमा लामाले करिव एक किलोमिटर दूरी टोकियो ओलम्पिकको मशाल बोकेर दौड गरेका थिए…