गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता !

बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा मङ्गलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ । गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडीपोखरीमा खेल सञ्चालन हुने…