आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो ।…