टोकियो ओलम्पिक निर्धारित समयमै हुने दाबी

कोरोना भाइरसका सन्त्रासका कारण स्थगित भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता आगामी वर्ष सन् २०२१ मा तोकिएको समयमै हुने भएको छ । जपानका ओलम्पिक मन्त्री सेको हाशिमोतोले यसबारे जानकारी गराएका हुन् । मन्त्री हाशिमोतोले अर्को वर्ष जस्तोसुकै विषम परिस्थितिमा पनि टोकियो ओलम्पिकको आयोजना हुने दाबी गरेका छन् । टोकियो ओलम्पिक बारेमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हाशिमोतोले…