अष्ट्रेलियन पूर्व लेग स्पिनर शेन वार्नको हृदयाघातबाट मृत्यु

अष्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको मृत्यु भएको छ । अष्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद ह्रदयघात’ का कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा…