नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को एक विभागीय प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण र प्रचलित भ्रष्टाचार निवारण दुई…