शहीद स्मारक लिग : मनाङ मर्स्याङ्दी विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मर्स्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आइतबार (२६ माघ) भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो । मनाङ मर्स्याङ्दीले पहिलो हाफमा दुई गोल…