'साग'अन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले मंसिर २१ गते शनिबार स्वर्ण जितेकी छन् । स्वर्ण भिडन्तमा संगीताले बंगलादेशकी रिमे सर्केरलाई पराजित गरिन् । सागको कुस्तीतर्फ कुनैपनि नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो । महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोश्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा…