संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ । उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले नेपालका लागि पदक पक्का गरेका हुन् । दुबईमा शुक्रबार भएको यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ…