यतिबेला छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चटारोले खेलकुदलाई निकै प्रभावित पारेको छ । एकपटक आयोजनाबाट हात धुनुपरेको सुदूरपश्चिममा पुन: त्यस्तो स्थिति आउन नदिन अहिले खेलकुदका पदाधिकारीहरू ज्यान छोडेर लागेका छन् । क्षेत्रीय प्रतियोगिता, भौतिक पूर्वाद्धारको निर्माण, आयोजनाको तयारी र बजेटको व्यवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो जिम्मेवारी तदारुकताका साथ निभाइरहेको छ । सरकारले छैटौँ राष्ट्रिय प्रतियोगितालाई सफलताको…