भ्रष्टाचार, भ्रष्टाचार, भ्रष्टाचार, छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भ्रष्टाचार † के साँच्चै भएको हो त ‘छैटौँ’मा भ्रष्टाचार ? अहिले यो भ्रष्टाचार शब्दको भूकम्पले खेलकुद काँपिरहेको छ । खेलकुदमा नानाथरीका कम्पन र झड्काको महसुस गरिन थालेको छ । भागाभाग र दौडादौडको स्थितिको सिर्जना भएको छ । आरोप र प्रत्यारोपको चिरामा खेलकुद बाँडिन पुगेको छ । कसैलाई कालो…