लामो समयसम्म चलेको नेपाल ओलम्पिक कमिटीको विवाद हालै समाप्त भएको छ । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानको चारवर्षो कार्यकाल समाप्त भएपछि गरिएको विशेष साधारणसभाले पुन: प्रधानलाई ओलम्पिक कमिटीको नेतृत्व सुम्पिएको हो । देशकाल र परिस्थितिलाई आत्मसात् गर्दै एनओसीले गत फागुन २७ मा साधारणसभा गरी दुई वर्षका लागि आफ्नो कार्यकाल बढाएको थियो । एनओसीको उक्त कदमलाई अन्तर्राष्ट्रिय…