कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा मंगलबार (२५ असार) सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त…