भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकारी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । रिपोर्टका…