भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन

भारतीय क्रिकेटका नायक तथा महान् स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको प्रतिक्रिया दिएका छन् । 'भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ', भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भनेका…