एसियन युथ पारा गेम्समा पलेसाले राष्ट्रिय झण्डा बोक्ने

एसियन युथ पारा गेम्स २०२१ मा नेपालको तर्फबाट सहभागिता जनाएकी तेक्वान्दोकी पाराओलम्पियन पलेशा गोवर्धनले उद्घाटन समारोहमा राष्ट्रिय झण्डा बोक्ने भएकी छन् । प्रतियागिता मंसिर १६ बिहीबारदेखि बहराइनमा सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटन बहराइनको आइएसओ टाउनस्थित ओलम्पिक रङ्गशालामा हुनेछ । उद्घाटन समारोहमा पलेशाका साथ ब्याडमिन्टनका प्रकाश अधिकारी रहनेछन्् । एसियन पारा अलम्पिक कमिटी र बहराइन सरकारको…