ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गरेका उनले शुक्रबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताएका छन् । पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय…