प्रशिक्षक अलमुताइरीबाट गल्ती भएको पूर्वप्रवक्ता राईको आरोप

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिसमक्ष मंगलबार बयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको जिकिर गरे ।…