जापानकी मोमीजीले बनाइन् ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान

मात्र १३ वर्षको उमेरमा स्केटबोर्डिङतर्फ ओलम्पिकमा स्वर्ण पदक जितेर जापानकी मोमीजी निशियाले ऐतिहासिक कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकमा स्केटबोर्डिङतर्फ स्वर्ण पदक जितेकी मोमोजी ओलम्पिक इतिहासमै सबभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । मोमीजीले ओलम्पिकमा स्वर्ण पदक जित्दा उनको उमेर १३ वर्ष ३३० दिन थियो । टोकियो ओलम्पिकमा महिलातर्फको स्केटबोर्डिङको…