सुतिरहेका अधिकृतमाथि अज्ञात व्यक्तिद्धारा छुरा प्रहार

सुतिरहेका अधिकृतमाथि अज्ञात व्यक्तिद्धारा छुरा प्रहार


गएराति आफ्नै निवासमा सुतिरहेको बेला एक कर्मचारीमाथि छुरा प्रहार भएको छ । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको हो ।

जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर उनलाई छुरा प्रहार भएको थियो । ओछ्यानमा सुतेर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरुले बताएका छन् ।

तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धुलिखेल अस्पताल पठाइएको परिवारले जनाएको छ । सुवेदीको आन्द्रा काटिएको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।