६ लाखमा युवती बेच्ने प्रहरी नियन्त्रणमा

६ लाखमा युवती बेच्ने प्रहरी नियन्त्रणमा


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । राम्रो काम लगाइदिने प्रलोभन देखाइ राईले नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुऱ्याई जबर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग लागेको छ ।

ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको बताएको छ । अभियुक्तले नेपालको सीमा पार गराई भारतीय बेश्यालयमा पुऱ्याउने र प्रत्येकलाई नेपाली ६ लाखसम्ममा बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोको भनाई छ ।