मंगलबार नेप्सेमा करिब ४ अंकको सुधार

मंगलबार नेप्सेमा करिब ४ अंकको सुधार


धितोपत्र बजारमा मंगलबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.७५ अंकले वृद्धि हुँदै एक हजार ११५.७४ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अंकले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार मंगलबार कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता सेयर रु. २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको सेयर घटेको छ । बैंकिङ २.२९, होटेल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बिमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बिमा ६३.७९ र सामूहिक लगानी कोषको सेयर ०.०८ प्रतिशतले बढेको छ । यस्तै, व्यापार १७.९५, विकास बैंक ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको सेयर २.७५ ले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर रु. दुई करोड ६० लाख ९५ हजार ५५० मा खरिद–बिक्री भयो । यस्तै एनएमबी बैंकको रु. एक करोड ९० लाख ६९ हजार ७२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. एक करोड ३९ लाख ७२ हजार ९२६, एनआईसी एसिया बैंकको रु. एक करोड २७ लाख २० हजार ७९१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर रु. एक करोड १२ लाख सात हजार ८२६ मा खरिदबिक्री भए ।

परिसूचक बढे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था २.४६, वेष्ट फाइनान्स कम्पनी २.२९, मुक्तिनाथ विकास बैंक २.२४, प्रोग्रेसिभ फाइनान्स २.०४ तथा सिटी एक्सप्रेस फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले २–२ प्रतिशतले गुमाए ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.१४, हिमालयन डिस्टिलरी ५.७०, मिथिला लघुवित्त वित्तीय संस्था ५.६६, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ५.२५, सिनर्जी पावर डेभलपमेन्ट ४.४१ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाए ।