बोरा संकलन केन्द्रमा आगलागी हुँदा १५ लाखको क्षति

बोरा संकलन केन्द्रमा आगलागी हुँदा १५ लाखको क्षति


भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा संकलन केन्द्रमा आगलागी हुँदा रु. १५ लाखबराबरको क्षति भएको छ ।

व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा बिहीबार बिहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राससका अनुसार आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको छ ।