विजयनगरस्थित नेपाल-भारत सिमानामा बिओपी राखिँदै

विजयनगरस्थित नेपाल-भारत सिमानामा बिओपी राखिँदै


■ एस. क्षेत्री, कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुरपश्चिममा पर्ने अति विकट क्षेत्र वडा नंं. १ मधनगराको सिमानामा बिओपी राख्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ ।

नेपाल सरकारको अवधारणाअनुसार उत्तर दाङ सिमानासम्म नजिक कुनै पनि बिओपी नरहेको र खुल्ला सिमाना रहेकोले सुरक्षा निगरानी बढाउन बिओपी क्याम्प राख्न लागेको थापाले बताउनुभयो ।

जिल्ला सशस्त्र प्रमुख एसपी धुव्र कार्की, जनप्रतिनिधिलगायत टोलीले शनिबार (६ भदौ) स्थलगत अनुगमन गरेको छ । दुई महिनाभित्र सम्पूर्ण संरचना तयार गरी बिओपी अस्थाई रुपमा स्थापना गरिने प्रमुख कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त बिओपीको सम्पूर्ण संरचना तयार गर्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताइएको छ ।