भारतका विदेश सचिव श्रृङ्ग्ला काठमाडौंमा

भारतका विदेश सचिव श्रृङ्ग्ला काठमाडौंमा



दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्ग्ला काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृङ्ग्ला नेपाल आएका हुन् ।

तस्बिर रासस

भारतीय बायु सेनाको विमानबाट बिहीबार बिहान काठमाडौं ओर्लिएका विदेश सचिव श्रृङ्ग्लालाई परराष्ट्र सचिव भरतराज पौड्यालले विमानस्थलमा स्वागत गरेका थिए ।

भारतीय विदेश सचिवले नेपालका परराष्ट्र सचिव पौडेलसँग आजै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ भने आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि उनले भेटवार्ता गर्नेछन् । विदेश सचिव श्रृङ्ग्ला शुक्रबार स्वदेश फर्किने छन् ।

ज्ञातव्य छ, भारतका विदेश सचिव श्रृङ्ग्ला नेपालीभाषी हुन् भने यो उनको पहिलो नेपाल भ्रमण हो ।

यो पनि हेर्नुहोस्-