शुक्रबार मध्यरातिबाट निर्वाचन आचारसंहिता लागु

शुक्रबार मध्यरातिबाट निर्वाचन आचारसंहिता लागु


आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु भएको छ । आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

आयोगको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए ।

‘आचारसंहिता पालना गर्छौं भनेर प्रतिबद्धता जनाउने तर उल्लंघन गर्ने गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनको प्रष्टोक्ति छ ।