प्रेस काउन्सिलले सञ्चारमाध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने

प्रेस काउन्सिलले सञ्चारमाध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने


प्रेस काउन्सिलले सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए-नभएको बारे अनुगमन गर्ने भएको छ ।

आचारसंहिताको पूर्ण पालना भए-नभएको बारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो ।

सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।