बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एकको मृत्यु, ४३ जना घाइते

बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एकको मृत्यु, ४३ जना घाइते


काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

बनेपा-१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा. १ ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।