प्रधानमन्त्री देउवा स्वयंले सम्हाले अर्थ मन्त्रालयको कार्यभार

प्रधानमन्त्री देउवा स्वयंले सम्हाले अर्थ मन्त्रालयको कार्यभार


अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

बुधबार मन्त्री पदबाट अर्थमन्त्री शर्माले राजीनामा दिएको हुनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकिएको हो ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।