धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका-५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ ।
तेह्रथुम लालीगुराँस नगरपालिका-२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया