जडीबुटी सेवनबाट अछाममा एकको मृत्यु, एक गम्भीर बिरामी

जडीबुटी सेवनबाट अछाममा एकको मृत्यु, एक गम्भीर बिरामी


जडीबुटी सेवन गर्दा अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको हो ।

जडीबुटीकै कारण अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।

आइतबार दिउँसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर अपरिचित जडीबुटी खाएका थिए । लगत्तै गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल पुऱ्याइएको थियो । उपचरको क्रममा मृत्यु भएको मृतक गणेशका भाइ विनोद खत्रीले जानकारी दिएका छन् ।

गम्भीर बिरामी भएका भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ ।