लिउको भ्रमण तालिका : सोमबार साँझ प्रचण्डसँग सोल्टीमा डिनर, मंगलबार ओलीसँग बालकोटमा लञ्च

लिउको भ्रमण तालिका : सोमबार साँझ प्रचण्डसँग सोल्टीमा डिनर, मंगलबार ओलीसँग बालकोटमा लञ्च


चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाललाई भेट गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार भेटेपछि उनी स्वदेश फर्कनेछन् । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।