महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखननविरुद्ध कडा रुपमा उत्रिएको छ ।
पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।
प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।
बिहीबार मात्र बर्दिबास(७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्बरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।
हनुमानचोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्खनन् गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दीवासले जनाएको छ ।
चालक, टिपर र जेसिवीमालिकलाई थप कारवाहीको लागि जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिएका छन् ।
प्रतिक्रिया