पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, १४ जना घाइते

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, १४ जना घाइते


चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा बिहीबार साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

काठमाडौंबाट बझाङतर्फ गइरहेको ना. ६ ख १३४० नम्बरको बस र बुटवलबाट काठमाडौंजाँदै गरेको लु. २ ख ३५०२ नम्बरको माइक्रो साँझ ५ः२० बजेको समयमा ठोक्किँदा १४ जना घाइते भएका थिए ।

माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका-१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका-६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका-५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

माइक्रोचालक रुपन्देही बुटवल उप-महानगरपालिका-२ बस्ने वर्ष २५ को कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका-७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका-११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।

त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका-२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका-६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका-११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका-२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट-२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि कलेजमा उपचार भइरहेको छ ।