भीमदत्तलाई कांग्रेसले कहिल्यै शहीद मानेन : केपी ओली

भीमदत्तलाई कांग्रेसले कहिल्यै शहीद मानेन : केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहभागी भएका शहीदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन् ।

४४औँ पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि सो आरोप लगाएका हुन् ।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’, ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ ।’

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुऱ्याएको योगदानको चर्चा गरेका छन् । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ-गाउँ पुऱ्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रणसमेत गरेका छन् ।