नेपालमा सोमबार ५६८ जना सङ्क्रमित, एक जनाको निधन

नेपालमा सोमबार ५६८ जना सङ्क्रमित, एक जनाको निधन


  • file photo

कोरोना भाइरसको सङक्रमणका कारण आज (सोमबार) एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको र आज गरिएका ४८०० परीक्षणमध्ये ५६८ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी, विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

काठमाडौं जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् ।

अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष ९आईसीयू०मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।

यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।