राहादानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन मंगलबार (१७ साउन)बाट बिहान ११ बजेदेखि नै खुल्ने जनाएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्नुपर्छ ।
प्रतिक्रिया