- कपिलवस्तु प्रतिनिधि
अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ ।
जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पत्तीलाई मंगलबार बगाएको हो ।
बाणगंगा–७ निवासी उनीहरु वीरबहादुर सुनार र लक्ष्मी सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।
उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् ।
नदीमा बगेका दुवै जनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बाणगंगा नगरपालिकाको वडा नं. ९ पुग्ने कोइली नदी हरेक वर्ष मानिसको तगारो बन्दै आएको छ । नदीमा पूल नहुँदा काइलीले सधैं धनजनको क्षति गर्दै आएको छ । दुई वर्ष पहिला यहीँ नदीले बगाउँदा तीन जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया