राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ ।
परीक्षा बोर्डले बुधबार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो । छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।
।
‘कक्षा–११ को विद्यार्थी भर्ना गर्ने सबन्धनमा विभिन्न विद्यालय तथा क्याम्पसहरुले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सूचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरवाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरुका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’, जारी सुचनामा भनिएको छ, ‘यस सम्बन्धमा सबन्धित विद्यालयहरुले माध्यमिक शिक्षा परीक्षा-कक्षा (१०)को नतिजा सार्वजनिक भएको न्युनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म विद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै विद्यालय तथा क्याम्पसलाई सुचित गरिन्छ ।’
स्थानीय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परीक्षा बोर्डले अनुरोध गरेको छ ।

प्रतिक्रिया