६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु
बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।
रुपन्देही प्रहरीका अनुसार बुधबार दिउँसो बुटवल-१३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा लु. ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु. १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो । उक्त मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो ।
दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यता, काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया