उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या

उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या


उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स किसिमले हत्या गरिएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् ।

घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा-टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।