पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने

पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने


बाल यौनदुरुपयोग आरोपित पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजाय तोकेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो ।

एक नाबालिग गायिकाले बलात्कारसम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।