काठमाडौं महानगरपालिका क्षेत्रमा आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ ।
महानगरले आज सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।
अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।
ज्ञातव्य छ, सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याएको थियो ।
प्रतिक्रिया