सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए/नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । यतिबेला उनी कहाँ छन् भन्ने पत्ता लाग्न नसकेको बताइएको छ ।